सिन्दुरको
सिउँदो भर्ने बहानामा माया पनि भरेको’थे,
सिन्दुरको इज्जतगर्छौ भन्ने भरमा परेको’थे ।
त्यो सिउँदोले सिन्दुरको सीमाहरु नाघेपछि,
विश्वासमा ठेसलाग्यो एक्लै छाडि भागेपछि ।
तिम्लाई खुशी राख्छु भन्दै लेकबेशी गरेको’थे,

आज मेरो जिन्दगीमा तिम्रै माया शूल भयो,
तिम्रो स्वार्थी मुटू रै’छ नचिन्नु–ले भूल भयो ।
आफन्तैको बैरी बनि तिम्रै दिलमा सरेको’थे,
सिन्दुरको इज्जतगर्छौ भन्ने भरमा परेको’थे ।।
१८ जनवरी २०१२
दोहा, कतार ।

0 comments