गजल
कुन्नि के के दल्दै मुहार टल्काएछौ तिम्ले,
चौरस्तामा यौवन आगो सल्काएछौ तिम्ले ।
सोह्रसत्र लाग्ने बेला बाँध्नु पथ्र्यो मनलाई,
चन्चले भई बस्ति भरि छल्काएछौ तिम्ले ।
जाली ओठमा तिम्रै चर्चा हुन्छ जता ततै,
प्यासी आत्मा आफैतिर ढल्काएछौ तिम्ले ।
दोबाटोमा तिम्रो पछि हजार लाग्छन् अरे,
यौवन लुट्ने भमरालाई पल्काएछौ तिम्ले ।
२८ फ्रेबुअवरी २०१२
दोहा, कतार ।
चौरस्तामा यौवन आगो सल्काएछौ तिम्ले ।
सोह्रसत्र लाग्ने बेला बाँध्नु पथ्र्यो मनलाई,
चन्चले भई बस्ति भरि छल्काएछौ तिम्ले ।
जाली ओठमा तिम्रै चर्चा हुन्छ जता ततै,
प्यासी आत्मा आफैतिर ढल्काएछौ तिम्ले ।
दोबाटोमा तिम्रो पछि हजार लाग्छन् अरे,
यौवन लुट्ने भमरालाई पल्काएछौ तिम्ले ।
२८ फ्रेबुअवरी २०१२
दोहा, कतार ।

0 comments