तीन मुक्तक

जूनी जूनी तिम्लाई म त मुटू कहन्छु,
कति हान्छौ शब्द्ध वाणले हान सहन्छु ।
यो मनले पूजागर्ने तिमी त हौ देउता,
तिम्लाई सधै चोखो माया गरि रहन्छु ।।१।।

खेपेकैछु जिन्दगीमा चोटहरुको भारी,
साथ दिन्छु भन्नेहरु गए माया मारी ।
केहीछैन यो जिन्दगी एक्लै म नाप्छु,
संघर्षमै लागिरहे पुग्छु एकदिन पारी ।।२।।

काम नलाग्ने चर्किएको म त भाँडा बने,
समयले घात गर्दा तिम्रोलागि काँडा बने ।
तिमी बाहेक अरुसँग नाताछैन यहाँ मेरो,
एउटा मुटू दुईटा हुँदा उजाड डाँडा बने ।।३।।

0 comments

Post a Comment