गजल
विश्वासमाथि पर्दाहाली बस्ति अन्तै सारेपछि,
चियो चर्चा किन गर्नु चोखो माया मारेपछि ।
के के भयो जिन्दगीमा भोगाईका त कुरै छाडौ,
दुख्यौ भनि किन सोध्नु शिखरबाट झारेपछि ।
मुटू मिच्दै रुनु पर्ने दैनिकी छ मेरो अचेल,
मेरो यादलाई पखालेर तिम्ले मुटू बारेपछि ।
बाचाथियो सँगै जिउँने दोबाटामै छाडिगयौ,
जिवन के हो बल्ल बुझे बहानाले टारेपछि ।
जिन्दगीका समर अब रहर छैन जित्छु भन्ने,
जिउँदो मूर्दा बन्यो ‘भान’ु पिरतीमा हारेपछि ।।
१८ मंसिर २०६८
काठमाडौ ।

0 comments