तीन तान्काहरु

हलो कोदालो
किसानी हतियार
प्रहार गर्दा
धरतीको छातीमा
आयु बढ्छ मान्छेको ।।१।।

तिम्रो खुशीमा
रमाउँछ यो मान्छे
त्यसैले प्रिय
म सँगको भेटमा
सधै मुस्कुराउनु ।।२।।


चिन्न नसक्दा
माली हो कि भमरा
बैशालु फूल
बलाकृत भएर
ओईलिदै झर्छन् ।।३।।

0 comments

Post a Comment