गजल

तर्नु पर्दा सयौ जंघार कस्ति चाँहिदैन,
मर्नु पर्ने यो चोलामा मस्ति चाँहिदैन ।

के के भयो जिन्दगीमा खोजि गर्नैपरे,
मेरो हिजो पढे पुग्छ अस्ति चाँहिदैन ।

आफ्नैलागि बाँचौ भन्ने देखे जताततै,
स्वार्थी बस्ने धरतीमा बस्ति चाँहिदैन ।

एक्लैपनि खु्शीहरु जोगाई राख्नसक्छु,
बगलीमा छुरा बोक्ने गस्ति चाँहिदैन ।

भानु खोज्छ दिगोमाया शिखरमा पुग्न,
बहानामा टार्ने तिमी जस्ति चाँहिदैन ।।

१६ मंसिर २०६८
काठमाडौ ।

0 comments

Post a Comment