गजल
नबस्नु’थ्यो तिम्रो दिलमा बसि बिराएछु,
मलाई माया गर्नु भन्दै तिम्लाई पिराएछु ।
तिमी आकाश महुँ धर्ती कहाँ संगम हुन्छ,
तिमीसँग मलाई जोडि तिम्लाई गिराएछु ।
रिक्तिएको मान्छेसँग खुशी हुन्न भण्डार,
आफू हाँस्न खुशी माग्दै पीडा भिराएछु ।
मपाईवादी माया गर्दै माया पैँचो मागे,
माया पैँचो पाईन भन्दै दण्ड तिराएछु ।।
२५ अक्टोबर २०११
काठमाडौ ।
मलाई माया गर्नु भन्दै तिम्लाई पिराएछु ।
तिमी आकाश महुँ धर्ती कहाँ संगम हुन्छ,
तिमीसँग मलाई जोडि तिम्लाई गिराएछु ।
रिक्तिएको मान्छेसँग खुशी हुन्न भण्डार,
आफू हाँस्न खुशी माग्दै पीडा भिराएछु ।
मपाईवादी माया गर्दै माया पैँचो मागे,
माया पैँचो पाईन भन्दै दण्ड तिराएछु ।।
२५ अक्टोबर २०११
काठमाडौ ।
0 comments