तीन मुक्तक
उस्ले जस्तै जाली माया दिन जाने देखि,
अल्लारेको माया सबै खेल हो ठाने देखि ।
उस्कै यादमा परेलीले किन भिज्नु पथ्र्यो,
उस्लाई मायागर्ने मुटू पहिल्यै ताने देखि ।।१।।
सुन्दरताले छापछोप पारी कालो ढाक्नेहरु,
पिरतीलाई सिढी बनाई मुस्कान ताक्नेहरु ।
मायागर्ने मुटूलाई नै टुक्रा बनाई भाग्छन्,
मायालाई फेसन सम्झि बदनाम डाक्नेहरु ।।२।।
परायालाई आफ्नो मान्नु मेरै भूल थियो क्यारे,
भाबीले’नि भाग्य लेख्दा यतै धोका दियो क्यारे ।
चोटमाथि चोटैपर्दा यस्तो लाग्न थाल्यो अचेल,
कुन जन्ममा पाप गरे अनि बदला लियो क्यारे ।।३।।

0 comments