तीन तान्काहरु
अदृश्य चोट
एकान्तमा बौरीन्छ
परेली हुँदै
मोतिका बर्षातले
खुशीलाई बगायो ।।१।।
याद बनेर
किन नाच्नु आँखामा
स्वार्थमा डुबि
स्वर्णिम बस्तिलाई
भत्काउने मुटूले ।।२।।
सुनामी ल्यायौ
सुन्दर शहरमा
बिचल्ली मन
धिक्कार्छ तिमीलाई
पाप धुन मिल्दैन ।।३।।
भर्खरै
Recomment to Your Friends
भर्खरै
0 comments