कस्को भर पर्नु
फूल्ने आशा हुँदा हुँदै पर्यो आज झर्नु,
आफन्तैले गला रेट्छन् कस्को भर पर्नु ।
कलियुगमा जताततै पापी मनको राज,
नखाएको बिष लाग्यो जिन्दगीमा आज ।
कतै छैन फूलको बस्ति कता डेरा सर्नु,
आफन्तैले गला रेट्छन् कस्को भर पर्नु ।
छाडि जाने हाँस्दै होला म त यादमै जल्छु,
फर्कि भेट्न आउँछ भन्दै सधै यो मन छल्छु ।
मनले सधै हुन्न भन्छ स्वार्थ पाली चर्नु,
आफन्तैले गला रेट्छन् कस्को भर पर्नु ।।
२ पौष २०६८
काठमाडौं ।
आफन्तैले गला रेट्छन् कस्को भर पर्नु ।
कलियुगमा जताततै पापी मनको राज,
नखाएको बिष लाग्यो जिन्दगीमा आज ।
कतै छैन फूलको बस्ति कता डेरा सर्नु,
आफन्तैले गला रेट्छन् कस्को भर पर्नु ।
छाडि जाने हाँस्दै होला म त यादमै जल्छु,
फर्कि भेट्न आउँछ भन्दै सधै यो मन छल्छु ।
मनले सधै हुन्न भन्छ स्वार्थ पाली चर्नु,
आफन्तैले गला रेट्छन् कस्को भर पर्नु ।।
२ पौष २०६८
काठमाडौं ।
0 comments