तीन तान्काहरु

बिभाजितछ
भोगाई र सपना
अनि पो सधैं
पीडालाई ओढेर
अधेरी रात काट्छु ।।१।।

दवाँली थुन्छु
रावा मै बग्दै आउ
तिमीले पर्नु
मेरै ढडिया भित्र
मुटूमै सजाउछु ।।२।।



आकाश रुँदा
भुगोललाई नाप्दै
मेरो यादमा
परेली नभिजाउ
त्यो सौदर्य नासिन्छ ।।३।।

0 comments

Post a Comment