तीन मुक्तक
खै कस्तो माया दियौ दोबाटोमा छुट्नु पर्ने,
आँखाभरि सपना’थ्यो भयो सारा भुट्नु पर्ने ।
ज्यानै सुम्पि दिएको’थे किन फाल्यौ मलाई,
तिम्लाई माया गर्नेकै खुशी किन लुट्नु पर्ने ।।१।।
झेलेकैछु घाम पानी आए जति जिन्दगीमा,
सहेकैछु चोट हरु’नि पाए जति जिन्दगीमा ।
विश्वास अझै ब’चाकैछु हिम्मत हार्दिन म,
मैले पनि पाउँछु’नि धाए जति जिन्दगीमा ।।२।।
तिम्रो मायाको कठपुतली म सयौ जूनी नाचिदिन्छु,
तिमीले दिएको हजारौ चोटहरु मुटूभरि साँचिदिन्छु ।
चोखो माया गरिन्छ एकबार तिमीसँग छैन गुनासो,
तिम्ले बाँच्नु अरुकै लागि तिम्रोलागि म बाँचिदिन्छु ।।३।।

0 comments