किन पछि सर्नु

खुट्टा काम्छ भनेदेखि, किन नदि तर्नु,
आधी बाटो हिडेपछि, किन पछि सर्नु ।

जूनी जूनी हजुरकै, यस्तै भन्थि उनी,
हेर आज उस्लेपनि, जाल झेल बुनी ।
मनभित्र पाप बोकि, किन बाचा गर्नु,
आधी बाटो हिडेपछि, किन पछि सर्नु ।


जिन्दगीका मोडै भरि, उस्कै भर परे,
निमोहीले घात गरि, चोट्ले मुटू भरे ।
मन बोक्दै दोधारमा, किन आशा भर्नु,
आधी बाटो हिडेपछि, किन पछि सर्नु ।।

रचनाकाल : २७ दिसेम्वर २०१०
दोहा, कतार ।

0 comments

Post a Comment