तीन तान्काहरु
उजाड मेरो
मनको चौतारीमा
कसरी हुनु
तिमीलाई शितल
भो बिश्राम नगर ।।१।।
ऐ फूलहरु
भमरा पोस्याउन
बैश नसुम्प
उठाउ हतियार
अस्मिता बचाउन ।।२।।
उन्मुक्त हाँसो
आफैमा बिजाउछ
त्रस्त भै आफै
जिउने बहानामा
कति दिन पो हाँस्नु ।।३।।
भर्खरै
Recomment to Your Friends
भर्खरै
0 comments