मनले तिमी माग्यो
भेट भयो दोबाटोमा मनमा रहर जाग्यो,
जूधेपछि हाम्रो नजर मनले तिमी माग्यो ।
मेरो दिलको बाटो हुँदै कहाँ जान आयौ,
तिमी भेटे संसार भूल्छु के मोहनी लायौ ।
रोक्दा रोक्दै मेरो छाँया तिम्रै पछि लाग्यो,
जूधे पछि हाम्रो नजर मनले तिमी माग्यो ।
तिमी सँगै मुटू साटी जूनी काट्ने मन्छ,
तिमी मेरै भयौ भने जीवन सार्थक बन्छ ।
एक्लै बाटो नाप्छु भन्ने संकल्प’नि भाग्यो,
जूधेपछि हाम्रो नजर मनले तिमी माग्यो ।।
रचनाकाल : १८ अगस्त २०११
दोहा, कतार ।
जूधेपछि हाम्रो नजर मनले तिमी माग्यो ।
मेरो दिलको बाटो हुँदै कहाँ जान आयौ,
तिमी भेटे संसार भूल्छु के मोहनी लायौ ।
रोक्दा रोक्दै मेरो छाँया तिम्रै पछि लाग्यो,
जूधे पछि हाम्रो नजर मनले तिमी माग्यो ।
तिमी सँगै मुटू साटी जूनी काट्ने मन्छ,
तिमी मेरै भयौ भने जीवन सार्थक बन्छ ।
एक्लै बाटो नाप्छु भन्ने संकल्प’नि भाग्यो,
जूधेपछि हाम्रो नजर मनले तिमी माग्यो ।।
रचनाकाल : १८ अगस्त २०११
दोहा, कतार ।
0 comments