तीन मुक्तक
बैश आउँदा स्याल पनि घोर्ले हुन्छ भन्छन्,
उमेर छँदा मान्छे पनि स्याल जस्तै बन्छन् ।
आयु बशमा हुन्न भन्ने सत्य जान्दा जान्दै,
लुटको खेती फलाउन पराई गलत गन्छन् ।।१।।
तिम्रो यादमा धेरै पल्ट मुटू मिच्दै रोए,
बदनामीको दागलाई आँसु बगाई धोए ।
निष्ठुरीको यादमा रुनु मेरै गल्ति भयो,
तिम्रो यादमा रुन्नभन्दै सारा देव छोए ।।२।।
चोखो माया नपच्नु त तिम्रै गल्ति थियो,
त्यसैले त तिम्रो रहर गलत बाटो लियो ।
ऋतु जस्तै बदलियो तिम्रो बाचा कसम,
त्यै बाचामा भर परे समयले आँसु दियो ।।३।।

0 comments