तीन तान्काहरु

कर्कलो पानी
जस्तै हुँ म पनि
भर नपर्नु
गन्तव्य नहुनु–ले
मनोयुद्ध चल्दैछ ।।१।।

मन हुनु–ले
आकारहिन खुशी
बल्छिमा पार्न
छलाङ्ग मार्न खोज्छु
धार्नी कहिले पुग्ला ।।२।।


आफू खिएर
बालुवा हसाउने
पौरखी हात
जीवन खोज्दा खोज्दै
मुढो बनेर ढल्यो ।।३।।

0 comments

Post a Comment