चुम्न पाउँ

ममताकी खानी तिमी, तिमीसँगै झुम्न पाउँ,
माया गोड्ने तिम्रो हात, सधैभरि चुम्न पाउँ ।

यति सम्म दिन सकुँ, मुटू माग्दा मुटू पनि,
समर्पित हुन सकुँ, तिम्रै दिलको माली बनि ।
मलाई चुम्ने ओठैभरि सारा खुशी थुन्न पाउँ,
माया गोड्ने तिम्रो हात सधैभरि चुम्न पाउँ ।


तिमीसँग यात्रा गर्दा थकाई पनि पर भाग्छ,
अंगालोमा तिमी हुँदा बर्षौ बर्ष बाँचु लाग्छ ।
जिन्दगीका हरेक मोड तिम्रैसाथ घुम्न पाउँ,
माया गोड्ने तिम्रो हात सधैभरि चुम्न पाउँ ।।

रचनाकाल : १३ फ्रेब्रुअरी २०१२
दोहा, कतार ।

उस्तै उस्तै प्रेमिल मनहरुलाई प्रणय दिवसको हार्दिक शुभकामना !!!

0 comments

Post a Comment