तीन मुक्तक

यो मुटू चुडि दिए पनि,
मर्नलाई बिषै पिए पनि ।
पत्थरको मुटू पग्लिन्न,
झुकेर आफै खिए पनि ।।१।।

झुटको खेती टिकाउन,
आफ्नो बोली बिकाउन ।
वस्ताद माने तिमीलाई,
लौ यता पनि सिकाउन ।।२।।


हिजो सम्झि थोरै हाँस्छु
अरु भन्दा फरक बाँच्छु ।
तिम्रै यादमा आँसु झार्न,
हाम्रो हिजो म त साँच्छु ।।३।।

0 comments

Post a Comment