माया
आकार रहित अजम्वरी सजिव धुन हो माया,
सीमा रहित भरोषाको मुर्छना हो चोखो माया ।
माया भन्ने हैन बस्तु तराजुमा जोख्न मिल्ने,
हैन आँसु–पानी जस्तो जता पनि बग्न मिल्ने ।
नसोच्नु है जोख्न पोख्न जे गरे’नि हुन्छ माया,

दुईटा मुटू जोडे पछि भन्नु हुन्न फेर्छु माया,
कहाँ भन्छ आकृतीलाई छोडि सर्छु अन्तै छायाँ ।
आकृतीको छायाँ जस्तै हुनु पर्छ यहाँ माया,

मनमा कुहिरो लाग्दा पनि झूल्कि र’नु पर्छ,
छाती मैलो हुँदा पनि यस्ले मैलो धुने गर्छ ।
दुईमुटूको रागमिलि बजि र’ने धुन हो माया,
सीमा रहित भरोषाको मुर्छना हो चोखो माया ।।
रचनाकाल : ४ फेब्रुअवरी २०१२
दोहा, कतार ।

0 comments