तीन मुक्तक

तिमी थियौ हिजो साथमै अनि पो म हाँसेको’थे,
तिम्लाई पाउँदा मख्खपर्दै सबै पीडा मासेको’थे ।
छोटो जिवन लामो यात्रा दोबाटोमा छुट्नु पर्‍यो,
सयौ जूनी साथमा हुन्छौ भन्दै नाता गाँसेको’थे ।।१।।

स्वर्णिम भोली खोज्दा खोज्दै यहाँ सम्म आएँ,
रेगिस्तानको रियालसँग पसिनाको मीत लाएँ ।
रियाल मीतले सधै भरि जोताउँछ बालुवामा,
थकाईमार्दा हिसावगर्छु लोभ गरे धोका खाएँ ।।२।।



मलाई डस्ने ऐ नियती सके जति अझै डस्नु,
हावा हुरी, हिमपात, बर्षात मेरै शीरमा खस्नु ।
मन्जुर छु म त यहाँ आगो पिएर दिन काट्न,
संघर्षको मैदान छाडेर जान्न म दुलोमा पस्नु ।।३।।

0 comments

Post a Comment