यो दिलमा
हजारौको यो भिडमा तिमी जस्तो देख्दिन म,
तिमी बस्ने यो दिलमा अरु राख्न सक्दिन म ।
तिम्रो मन बहकिदा अर्को बाटो रोज्छौ भने,
हाँसेर नै बिदा दिन्छु पराई साथ खोज्छौ भने ।
पिरतीमा हारे पनि आँसु बनि खस्दिन म,

चोखो माया गर्नेहरु यादमा पनि जिउनु पर्छ,
माया सधै बचाई राख्न बिष पनि पिउनु पर्छ ।
हिजो जस्तै पूजा गर्छु स्वार्थसँगै बग्दिन म,
तिमी बस्ने यो दिलमा अरु राख्न सक्दिन म ।।

0 comments