गजल

किन सार्‍यौ मनको डेरा, शहर सबै खाली भो,
टुट्यो आफै सपना सारा, रहर सबै खाली भो ।

हेर कस्तो मोडमा पुगे, मुर्छित हुन्छु सोच्दै म,
डाँको छाडी बादल रुन्छ, नहर सबै खाली भो ।

अब फूल्नु बेकार लाग्छ, शीरमा कस्ले लाउछ,
रात बित्छ जाग्राम बस्दा, प्रहर सबै खाली भो ।


बार लायौ दिलमा तिम्ले, बिस्कुन भए खुशीनै,
प्राण त्याग्न पिउन खोजे, जहर सबै खाली भो ।

किन सा¥यौ मनको डेरा, शहर सबै खाली भो,
टुट्यो आफै सपना सारा, रहर सबै खाली भो ।

रचनाकाल : २३ जनवरी २०११

0 comments

Post a Comment