केही हाईकु
महानगरी
आधुनिकता भन्दै
नाङ्गगो बन्यो ।।१।।
मृगतृष्णा भो
पत्थर जो पगाल्ने
सपना मेरो ।।२।।
बलेको आगो
ताप्न खोज्छ धरती
कचेड मुडा ।।३।।
कंक्रिड मन
पग्लिदैन मायाले
मुटूको रोगी ।।४।।
मर्ने चोलामा
लोभको खेती फल्छ
जाँदा त रिक्तै ।।५।।
भर्खरै
Recomment to Your Friends
भर्खरै
0 comments