तीन मुक्तक
मनको जलन सुनी दिने छैन कुनै मुटू,
ओठमा खुशी बुनी दिने छैन कुनै मुटू ।
आए जति मुटूहरु लुट्नै खोज्छन् मेरो,
मलाई सारथी चुनी दिने छैन कुनै मुटू ।।१।।
फूल्नु मलाई चुस्दै लुटने ओइएर मै झर्छु,
स्वार्थी बस्ति छाडी म जुनको देशमा सर्छु ।
यै धर्तीमा बसौ भने कोहीछैन मेरो आफ्नो,
एक्लै दुख्दै बस्नु भन्दा कालको शरण पर्छु ।।२।।
तिम्रो लागि ज्यान दिन्छु तर्किएर जान्छौ किन ?
माया पिरतीको कुरागर्दा झर्किएर जान्छौ किन ?
तिम्रै दिलको मालीबनि जूनीभरि साथै जिउछु,
मेरो बस्ति आउनैलाग्दा फर्किएर जान्छौ किन ? ।।३।।

0 comments