पुग्ने बेला

सुकेका छन् मेरा आशा जवानीमा फूक्ने बेला,
चुकेका छन् मेरा पाईला गन्तव्यमा पुग्ने बेला ।

यो मनलाई बल्छि थाप्न मायाबोकी आए धेरै,
घुमन्तेलाई विश्वासगर्नु सोह्रै आना गल्ति मेरै ।
झुकेका छन् मेरा आँखा समाजले थुक्ने बेला,
चुकेका छन् मेरा पाईला गन्तव्यमा पुग्ने बेला ।


एकै हातले ताली बजाई मुटू साटी बस्ने हुँदा,
कोही छैनन् आँसु पुछ्ने आँखाछोपी मैले रुँदा ।
लुकेका छन् मेरा खुशी छाती जल्दै दुख्ने बेला,
चुकेका छन् मेरा पाईला गन्तव्यमा पुग्ने बेला ।

रचनाकाल : ३१ मे २०११
दोहा, कतार ।

0 comments

Post a Comment