तीन मुक्तक
चोखो माया गर्नेको त आँखाभरि नोट हुन्न,
बेदाग हुन्छ माया सधै कतै पनि खोट हुन्न ।
जूनी जूनी साथ दिन सक्छौ भने बाचा गर,
बचनहरु पक्का हुँदा घाउ बिना चोट हुन्न ।।१।।
एउटालाई आश देखाई अर्कैसँग यात्रा थाल्नु,
मर्दा लानु के नै छ र जिन्दगीमा पर्दा हाल्नु ।
मायामाथि पर्दा होईन संकल्प पो दिगो पार्नु,
निती संम्वत् होईननि रुख चढाई फेद ढाल्नु ।।२।।
परिश्रमी गह्राभरि बाला झूल्दा मार्सि धानको,
उमंगले चाकर गर्छ पाखुरीमै बाँच्ने ज्यानको ।
हिउँद बर्षा बाह्रैमास पसिनामा जिवन खोज्ने,
माटोमाथि अन्नफलाई पेट भर्ने सयौ प्राणको ।।३।।

0 comments