कस्तो मोड आयो
हाँस्न खोज्ने सपनालाई खडेरीले खायो,
आजमेरो जिन्दगीमा कस्तो मोड आयो ।
बनावटी मायाँ रैछ मलाई मीठो लाग्यो,
छुराधस्ने त्यहि साथ मेरो मनले माग्यो ।
मनैभरि मायाँ देखाई मेरै दिलमा छायो,
आजमेरो जिन्दगीमा कस्तो मोड आयो ।
छुटौ भनिन् दोबाटोमा छाँगाबाट खसे,
फेरीपनि गोधुलीमा उसैलाई पर्खि बसे ।
मैलै दुख्दा कोईलीपनि बिरहलाई गायो,
आजमेरो जिन्दगीमा कस्तो मोड आयो ।।
रचनाकाल : १४ मे २०११
दोहा, कतार ।
आजमेरो जिन्दगीमा कस्तो मोड आयो ।
बनावटी मायाँ रैछ मलाई मीठो लाग्यो,
छुराधस्ने त्यहि साथ मेरो मनले माग्यो ।
मनैभरि मायाँ देखाई मेरै दिलमा छायो,
आजमेरो जिन्दगीमा कस्तो मोड आयो ।
छुटौ भनिन् दोबाटोमा छाँगाबाट खसे,
फेरीपनि गोधुलीमा उसैलाई पर्खि बसे ।
मैलै दुख्दा कोईलीपनि बिरहलाई गायो,
आजमेरो जिन्दगीमा कस्तो मोड आयो ।।
रचनाकाल : १४ मे २०११
दोहा, कतार ।

0 comments