गजल
पोल्टाभरि खुशी पार्न, लेकबेशी धाएकै हो,
पिरतीमा रमाउन, चोखो मायाँ लाएकै हो ।
बैमानीको भर परे, खुशी लुटी गयो अन्तै,
आफ्नो घर उधारेर, उस्को घर छाएकै हो ।
सम्झौताका पत्रहरु, बेबारीसे कागज भो,
होस्तेमाथि हैसे गर्दै, एकै स्वर गाएकै हो ।
वाध्यतापो कहाँ थियो, मलाईनै छल्नु पर्ने,
उस्को खुशी पुरागर्न, मेरै खुशी दाएकै हो ।
बजारीया दिल रै’छ, नचिनेर धोका पायो,
हाम्ले पुज्ने देवछोई, कसम’नि खाएकै हो ।।
रचनाकाल : २३ फेब्रुवरी २०११
दोहा, कतार ।

0 comments