केही हाईकु
बुद्धको देश
एकादेशको कथा
हाम्रो नेपाल ।।१।।
देश खोक्रो भो
नेताहरु ढाडिए
सोझा जनता ।।२।।
म फूल्नु भन्छौ,
पराग चै लुकायौ
कसरी फूल्नु ।।३।।
स्वर्गकि परी
धरतीमा झरिन
म पछि लागे ।।४।।
अचानो चोट
खुकुरी बेखबर
उस्तै हौ तिमी ।।५।।
भर्खरै
Recomment to Your Friends
भर्खरै
0 comments