पापै ठान्छु म त

तिमी जता फूल्छौ सधै त्यतै जान्छु म त,
तिमी बिना एक्लै फूल्नु पापै ठान्छु म त ।

तिम्रोलागि समाजको सारा बन्धन् तोड्छु,
दुनियाँ बैरी बने पनि हाम्रो नाता जोड्छु ।
बाटो मोडि भाग्यौ भने यतै तान्छु म त,
तिमी बिना एक्लै फूल्नु पापै ठान्छु म त ।


मेरोलागि बाँच्ने आधार तिम्ले दिने माया,
सयौ जूनी साथमै बस्छु बनि तिम्रो छाँया ।
हाम्रो माया छुट्यो भने विषै खान्छु म त,
तिमी बिना एक्लै फूल्नु पापै ठान्छु म त ।।

रचनाकाल : २१ अगस्त २०११
दोहा, कतार ।

0 comments

Post a Comment