तीन तान्काहरु
रोक्न नमिल्ने
वैंश अनि समय
फेरियो साल
एक घट्यो वैंशमा
एक बढ्यो सालमा ।।१।।
आशे खेतीमा
खुशीका अनिकाल
उम्दो रहर
बिस्कुन लागि रहे
फगत मेरा यात्रा ।।२।।
उर्बर माटो
परिश्रमी मुग्लान
पर्खि रहेछ
बाँझो पल्टेर यसै
जाँगरिला हत्केला ।।३।।
भर्खरै
Recomment to Your Friends
भर्खरै
0 comments