तीन मुक्तक

तिमी बाहेक अरु राम्रो भन्दैन यो मन,
अरुको मायालाई माया गन्दैन यो मन ।
मैले यहाँ रोएपनि तिम्लाई पाउँने हैन,
लाखौ प्रयासगर्छु पत्थर बन्दैन यो मन ।।१।।

मुलबाटोमा भेट भयो अनि माया बस्यो,
दोबाटोले छुटाई दियो अनि आँसु खस्यो ।
नयाँ संसार सजाउन भूली होली अतित,
तर मलाई आजपनि उस्कै यादले डस्यो ।।२।।


माया गर्ने यो मुटूलाई नबिजाउन तिमी,
तिम्रै राम्रो देख्ने आँखा नभिजाउन तिमी ।
यो दिलमा जन्मौ जन्म तिम्रै पूजा हुन्छ,
झूटो हल्ला गाँउघरमा नफिजाउन तिमी ।।३।।

0 comments

Post a Comment