गजल

तिम्रो घमण्ड माथि, रमाउन सकिन,
तिमी जसरी स्वार्थ, समाउन सकिन ।

हाते सिपमा खोज्छु, जिन्दगी मैले त,
आशे खेतीमा खुशी, थमाउन सकिन ।


जीउँदै किन पो मर्नु, पापैमा रमाउँदै,
यहि सत्यमा धोका, जमाउन सकिन ।

मान्दै मान्दिन म त, रुपैलाई पुज्छन्,
होला त्यसैले मान्छे, कमाउन सकिन ।।

रचनाकाल : १२ मार्च २०११
दोहा, कतार ।

0 comments

Post a Comment