वियोगमा मैले जल्दा

झूटा हल्ला फिजाएर अन्तै नाता गाँसे हुन्छ,
वियोगमा मैले जल्दा जति सक्छौ हाँसे हुन्छ ।

तिम्रो पनि मुटू भए मलाई किन छुरा धस्थ्यो,
मनैभरि झेलपालि लुट्न किन कम्मर कस्थ्यौ ।
जोरीपारी खुशी पार्न मेरो सपना छाँसे हुन्छ,
वियोगमा मैले जल्दा जति सक्छौ हाँसे हुन्छ ।


सकुनीको पासा फ्याँक्यौ पवित्र यो पिरतीमा,
आँसु पिउँदै प्यास मेट्छु बाँच्नलाई धरतीमा ।
अझै डाहा लागेदेखि मेरो आशा मासे हुन्छ,
वियोगमा मैले जल्दा जति सक्छौ हाँसे हुन्छ ।।

रचनाकाल : २२ जूलाई २०११
दोहा, कतार ।

0 comments

Post a Comment