तीन गेडीहरु


हिजोसम्म मलाई, हिरा भन्यो कसैले,
हेर लीला दैवको, छुरा धस्यो उसैले ।
बर्सिन्छु,
मीठो बोली, सुन्दा तर्सिन्छु ।।१।।

मुस्किलछ मलाई, तिमी बिना जिउन,
छाडि जान्छौ भने त, देउ बिष पिउन ।
सहन्छु,
माथि पुगि, पर्खि रहन्छु ।।२।।


आ’को थिए पर्देश, खुशी किन्छु भनेर,
बित्ने गर्छ दैनिकी, उँटै उँट गनेर ।
बस्याछु,
लोभी बन्दा, म त फस्याछु ।।३।।

0 comments

Post a Comment