केही हाईकु
बिरह गायो
कोईलीले बनमा
म पनि रोए ।।१।।
मार्फाको स्याउ
तीन पाने लगायौ
होस गुम्ने भो ।।२।।
हाक्पारे भाका
हरियो बन पाखा
मुटूमै बस्यो ।।३।।
जूनले हार्छ
उनीसँग दाँजेमा
भो दाँज्दिन म ।।४।।
लिखुको भेल
माझी दाई व्यस्त थे
आशे खेतीमा ।।५।।
भर्खरै
Recomment to Your Friends
भर्खरै
0 comments