गजल

स्वर्गभन्दा सुन्दरबस्ति, जलाएर गयौ किन,
समाजमा मेरै बद्नाम, चलाएर गयौ किन ।

तिम्रैसाथ जिउन खोज्ने, रहरमा रातै पारी,
झेल पाली एउटा मुटू, गलाएर गयौ किन ।
कति थिए सपनाहरु, दुबै मिल्दा पुर्ण बन्ने,
स्वार्थी बनि सपनालाई, ढलाएर गयौ किन ।

हिरा थिए जरुरतमा, तिरस्कृत यहि मान्छे,
छातीभरि हजार चोट, फलाएर गयौ किन ।।

रचनाकाल : २६ फागुन २०६७
दोहा, कतार ।

0 comments

Post a Comment