गजल

फरक धारमा बग्छ पानी वारिपारी छाल उस्तै
तिम्रो मेरो पाईलाको लाग्छ मलाई चाल उस्तै

दुईटा प्राणी कोषौ टाढा भूगोलको दुरी नाप्दा
एकअर्काको सम्झनामा यो मुटूको हाल उस्तै

बैरी लाग्दा सम्बन्धको चर्चा चल्यो समाजमा
त्यस चर्चामा समाजले लगाएको गाल उस्तै

यहाँ दुख्दा त्यहाँ पनि कति पल्ट आँसु झर्‍यो
त्यसैले त सोच्छु सधै आँसु जम्ने ताल उस्तै

नियतीले छल्यो भने अलग होला भोलि बाटो
अचेल हाम्रो भावनाको संगम हुने खाल उस्तै

रचनाकाल : २३ मे २०११
दोहा, कतार ।

0 comments

Post a Comment