आशै टुट्यो यसपालि

मीठो सपना बुनीबसे, विश्वासको धागो हाली,
छल्यो मलाई निर्मोहीले, आशै टुट्यो यसपालि ।

दुई दिनको पाहुनाले, मेरो सारा खुशी खायो,
एकबारको जिन्दगीमा, हेर कस्तो मोड आयो ।
काकाकुलझै खडेरीको, खुशी खोजे डालिडालि,
छल्यो मलाई निर्मोहीले, आशै टुट्यो यसपालि ।
हाँसो ओठमा बाँकि छैन, भर छैन आफैमाथि,
उस्कै यादमा जल्छ मुटू, विजाउछ मेरो छाती ।
आफ्नै जीवन भारी भयो, खुशीहरु खालीखाली,
छल्यो मलाई निर्मोहीले, आशै टुट्यो यसपालि ।

रचनाकाल १९ जनवरी २०११
दोहा, कतार ।

0 comments

Post a Comment