केही हाईकु

पापको भारी
खेप्दैछ जिन्दगीले
बिद्रोह गर्दै ।।१।।

मायाको खेती
खडेरीले सुकायो
तिम्रो स्वार्थले ।।२।।

हिलाम्य आँखा
सपनाको लडाई
कसरी झेल्नु ।।३।।


देशको माया
छातीभरि छल्कियो
दुरदेशमा ।।४।।

कस्तो चलन
यो मानव बस्तिको
म मात्र बाँचौ ।।५।।

0 comments

Post a Comment