सामिप्यमा थियौ

हाम्रो मिलन चियो गर्न डुले बादल आकाशैमा,
सामिप्यमा थियौ हामी मन्द मन्द बतासैमा !

बुद्ध साँक्षी राखि हाम्ले गोधुलीमा भेट गर्नु,
संयोगनै पो थियो सायद त्यहि बेला पानी पर्नु !
कति शान्त थियो बस्ति तारा नाचे आकाशैमा,
सामिप्यमा थियौ हामी मन्द मन्द बतासैमा !


दुईटा ज्यान भएपनि धड्कन हाम्रो उहि थियो,
म त भन्छु जिन्दगीकै स्वर्णिम पल त्यहि थियो !
छुट्ने बेला अनायासै चुम्यौ मेरा यी हातैमा,
सामिप्यमा थियौ हामी मन्द मन्द बतासैमा ।।

रचनाकाल : ६ मंसिर २०६८
काठमान्डौं

0 comments

Post a Comment