गजल

बेमौसमी तुलफुल जस्तै झर्न जानिन कि ?
जिन्दगीका भंगालोमा तर्न जानिन कि ?

लथालिङग बने खुशी जिउँछु भन्दाभन्दै,
बहार आउँदा मैले खुशी भर्न जानिन कि ?

मैले दुख्दा रुने मान्छे किन ? पराई बने,
जल्दो बल्दो दिगो माया गर्न जानिन कि ?


भरोषाका दियो बाल्दै बाटो हेरि बसे,
कलि युगमा स्वार्थ पाली चर्न जानिन कि ?

एकान्तमा अझै पनि उस्कै यादमा जल्छु,
उस्ले जस्तै माया चाख्दै सर्न जानिन कि ?

0 comments

Post a Comment