गजल

जती सुन्यो सुनौ लाग्ने मायालुको बातै मीठो
विश्वास बाँचे जिन्दगीमा पिरतीको जातै मीठो

सिमे-भुमे साँक्षी राखी सँगै बाँच्ने वाचा गर्दै
अँगालोमा भएको पल अधेरी त्यो रातै मीठो

दुनियाँको आँखा छल्दै दोहोरीमा सपना बुन्दा
संसार भुली सम्झौतामा जोडीएको नातै मीठो


टाढा हुँदा आँखाभरी यादै यादमा माया नाच्दा
प्रतिक्षामा बस्दा पनि सम्झनाको खातै मीठो ।।

0 comments

Post a Comment