गजल

मुटू खाने अतित मेरो मास्नु पर्छ मैले,
छातिभित्रै पीडा लुकाई हाँस्नु पर्छ मैले !

आफन्तैले लुटेपछी कस्को आशा राख्नु ?
आशागर्ने यो मनलाई छाँस्नु पर्छ मैले !


धेरै सहे अन्याए त स्वार्थी बस्ती डुल्दा,
अन्याएको बिरोध गर्न बास्नु पर्छ मैले !

भने जती मात्र मान्ने भेटे यही कलम,
कलमसँगै चोखो नाता गाँस्नु पर्छ मैले । ।

0 comments

Post a Comment