हावा सँगै गोधुलीमा
यस्तो लाग्छ तिमी भेट्न सयौ जंघार तर्छु,
हावा सँगै गोधुलीमा तिम्रो बस्ति सर्छु ।
तिम्रो नाम जप्दाजप्दै घामले डाँडा काट्छ,
तिम्रोयादमा तड्पिरुँदा कालो बादल फाट्छ ।
रातै भरी सपनीमा तिम्रै खोजि गर्छु,
हावा सँगै गोधुलीमा तिम्रो बस्ति सर्छु ।
टाढा हुँदा यादमा दुख्ने पिरतीको चलन,
तिम्लाई भेटे शान्त होला यो मुटूको जलन ।
एकदिन हाम्रो संगमहुन्छ यहि आशा भर्छु,
हावा सँगै गोधुलीमा तिम्रो बस्ति सर्छु ।।

0 comments