सपनाको महल यहाँ बनाउँदिन म त,
जिते भने खुशीयाली मनाउँदिन म त ।
मनैदेखि मायागर्ने कोही छैन धरतीमा,
प्रित रोप्न उपस्थिती जनाउँदिन म त ।।१।।
आशाहरु टुटे पछि जिन्दगीनै बोझ बन्यो,
रहरहरु मातिएर मलाई पुर्न खाडल खन्यो ।
उराठिला पलसँग नाता गाँस्न पर्दा अचेल,
जूनताराकै देशमा मनले बसाई सर्न भन्यो ।।२।।
0 comments