गजल
साथी बन्ने वाचागरि एक्लो पारी गयौ,
तिमी बस्ने छातीभरि पीडा सारी गयौ ।
छाडी जानु पर्ने थियो किन मायाँ गर्नु,
सपनाको बस्ति बसाई मुटू बारी गयौ ।
मेरो संसार शून्य भयो बाँच्ने दिन छदै,
खुशी नाच्ने परेलीमा आँसु झारी गयौ ।
जिन्दगीको घुम्तिहरु साथै काटौ भन्यौ,
तर आज बाटो मोडि बाचा हारी गयौ ।
जोरी बेरी खुखी होला मैले हार्दा आज,
जित्छु भन्ने आशाहरु तिम्ले मारी गयौ ।।
रचनाकाल : ०६ अप्रिल २०११
दोहा, कतार ।
तिमी बस्ने छातीभरि पीडा सारी गयौ ।
छाडी जानु पर्ने थियो किन मायाँ गर्नु,
सपनाको बस्ति बसाई मुटू बारी गयौ ।
मेरो संसार शून्य भयो बाँच्ने दिन छदै,
खुशी नाच्ने परेलीमा आँसु झारी गयौ ।
जिन्दगीको घुम्तिहरु साथै काटौ भन्यौ,
तर आज बाटो मोडि बाचा हारी गयौ ।
जोरी बेरी खुखी होला मैले हार्दा आज,
जित्छु भन्ने आशाहरु तिम्ले मारी गयौ ।।
रचनाकाल : ०६ अप्रिल २०११
दोहा, कतार ।
0 comments