माली हो’कि भमरा
पापी आँखा लाग्न सक्छ बैश झुले पछि,
माली हो’कि भमरा हो चिन्नु फूले पछि ।
सबै राम्रा देखिने रुप मनका राम्रा हुन्नन्,
मान्छे हेरी माया दिए भोली आँखा रुन्नन् ।
स्वार्थी माया दुख्छ सधै पर्दा खुले पछि,
माली हो’कि भमरा हो चिन्नु फूले पछि ।
मायागर्ने बहानामा जीउने आधार मास्ने,
कमि छैनन् यो धर्तीमा अरु दुख्दा हाँस्ने ।
खुशीलुटि पीडा दिन्छन् स्वार्थी डुले पछि,
माली हो’कि भमरा हो चिन्नु फूले पछि ।।
रचनाकाल : १७ भदौ २०६८
दोहा, कतार ।
0 comments