छाती दुख्ने भो

भाग्य मेरो खोटी होकि तिम्रो घातले हो,
जिन्दगीको हरेक मोडमा छाती दुख्ने भो ।

आज थोरै हाँस्छु भन्दै खुशी खोजी हेर्छु,
हाम्रो हिजो याद आउँछ आँसुसँगै खस्छु ।
यादै यादमा रुँदा होकि कालो रातले हो,
जिन्दगीको हरेक मोडमा छाती दुख्ने भो ।


समाजमा हल्ला चल्दा मेरो शीर झुक्छ,
कस्तो रोग छाडी गयौ चोटै बिना दुख्छ, ।
बाँच्न दुख्नै पर्ने होकि स्वार्थी बातले हो,
जिन्दगीको हरेक मोडमा छाती दुख्ने भो ।।

रचनाकाल : ९ श्रावण २०६८
दोहा, कतार ।

0 comments

Post a Comment